काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिएको बताएका छन् ।
शुक्रबार काठमाण्डु उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरुले सरकारलाई काम गर्न नदिएको बताएका हुन् ।
‘सरकारलाई काम गर्न दिएको छैन् । हामीले अन्येल, अस्थीरता यसैमा रुमलिरहने यो कुरा हुन सक्दैन’, उनले भने ।
उनले पुनःस्थापित संसदले आफ्नो काम गर्न नसकेकोमा असन्तुष्टी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले संसद तानातानको थलो बन्न नहुने बताएका छन् ।
‘संसद पुनःस्थापना भयो । संसद न काम अगाडि बढाउन सक्छ न केही गर्न सक्छ । त्यस्तो स्थितिमा संसद तानातानको थलो भएको छ । संसद तानातानको थलो हुनुहुँदैन’, उनले भने ।
प्रधानमन्त्री अोलीले जनताको चेतनालाई प्रतिगमन भयो भनेर स्यालहुँयाँ मच्याएको बताए । उनले प्रधानमन्त्री हुन नपाउँदा प्रतिगमन हुन्छ ? भन्दै विपक्षीहरुलाई प्रश्नसमेत गरेका छन् ।
‘कतिपय कराउँदै गर्छन् । अब जनताको चेतनालाई प्रतिगमन भयो भनेर स्यालहुइँयाँ मच्चाउन पाउने छैनन् । के हो प्रतिगमन भनेको ? प्रधानमन्त्री हुन नपाउँदा प्रतिगमन हुन्छ ? व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा असन्तुष्टी पोखिएको मात्रै हो’, प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र खतरामा पर्यो । गणतन्त्र खत्तम भयो । झन् संघीयता त बर्बादै पार्न आँटे भनेर हल्लाखल्ला मच्चाइयो ।’
गोपाल प्रसाद रिमालको गित ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल गीत गाउँदै उनले पहरा फोडेर भए पनि मेलम्चीको पानी ल्याइएको बताए ।




प्रतिक्रिया