२०८१ मा याङग्री र लार्केको पानी काठमाण्डु ल्याउने प्रधानमन्त्रीको घोषणा

२०८१ मा याङग्री र लार्केको पानी काठमाण्डु ल्याउने प्रधानमन्त्रीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा याङग्री र लार्के खोलाको पानी काठमाण्डु ल्याउने घोषणा गरेका छन् ।

शुक्रबार मेलम्ची पानी वितरणको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वि.सं २०८१ साल सम्ममा याङग्री र लार्केको पानी काठमाण्डु ल्याउने घोषणा गरेका हुन् ।

‘याङग्री र लार्केको पानी जोड्ने काम २०८१ साल सुरु हुँदा सम्पन्न गरिनेछ, आगामी तीन वर्षमा सकिनुपर्छ किनभने मुख्यरुपमा टनेलको काम सम्पन्न भएको छ, त्यसका लागि लामो समय प्रतिक्षा गर्नुपर्दैन,’ उनले भने ।