काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता लिन माअोवादी केन्द्रलाई आग्रह गरेका छन् ।
शनिबार १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक सडक शुभारम्भ गर्दै प्रधानमन्त्री अोलीले समर्थन फिर्ता लिन आग्रह गरेका हुन् । उनले समर्थन पनि फिर्ता पनि नलिने तर, राजीनामा मात्रै माग्ने गरेको बताएका छन् ।
‘एउटाले दुईटाले माग्दैन सबैले दिनदिनै राजीनामा मागेको मागै छ । मागेपिच्छे म कसरी राजीनामा दिन सक्छु ? ए बाबा हटाउन त । समर्थन फिर्ता लिइदेउ भन्छु त्यो पनि लिँदैनन् । अनि राजीनामा माग्छन् । समर्थन फिर्ता लिएपछि राजीनामा आइहाल्छ नि ! समर्थन फिर्ता पनि गर्दैनन् राजीनामा माग्छन्’, उनले भने ।
प्रधानमन्त्री अोलीले सरकारले मेलम्चीको पानी काठमाण्डु ल्याएको खबर नछाप्ने तर, राजीनामा मागेको खबर छाप्ने पत्रिकामाथि पनि असन्तुष्टी पोखेका छन् ।
‘दिनैपिच्छे प्रधानमन्त्रीको राजीनामा मागेको खबर छाप्छ तर, मेलम्चीको पानी आएको थाहा पाउँदैन्’, उनले भने ।




प्रतिक्रिया