प्रचण्डलाई प्रधानमन्त्रीले सोधेः फाँसीवाद बुझेर कि नबुझेर बोलेको हो ?

प्रचण्डलाई प्रधानमन्त्रीले सोधेः फाँसीवाद बुझेर कि नबुझेर बोलेको हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नबुझेर फाँसीवादबारे बोलेको टिप्पणी गरेका छन् ।

शनिबार १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक सडक शुभारम्भ गर्दै प्रधानमन्त्री अ‍ोलीले जनतालाई भड्काएर फाँसीवाद भयो भन्नु लज्जास्पद विषय भएको बताए ।

‘विरोधमा केही मान्छेहरु तानाशाही आयो भनेर । के हो तानाशाही भनेको ? फाँसीवाद भन्ने शब्द बुझेर बोलेको कि नबुझेर बोलेको हो ? के हो फाँसीवाद भनेको ? जसले फाँसीवाद छ भने त्यही मान्छेले फासीवाद ल्याउन खोजेका थिए । संविधानले शान्तिपूर्ण परिवर्तनको बाटो दिएपछि पनि जनतालाई उचालेर भड्काउनेले भन्छ फाँसीवाद भयो । नबुझेर बोलेको जस्तो लाग्यो’, उनले भने ।

शुक्रबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकार फाँसीवादी निरंकुशतातिर जाने खतरा रहेको बताएका थिए ।

‘समाज जहाँ हामी अहिले आइपुगेका छौँ अव यो जाने भनेको निरंकुशतन्त्रको फाँसीवादतिर हो । चरम फाँसीवादी निरंकुशतातिर जाने खतरा छ’, उनले भनेका थिए ।