काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण बढिरहेकाले लकडाउन हुन सक्ने संकेत गरेका छन् ।
बिहीबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण बढ्दै गइरहेकाले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।
‘मास्क लगाउने, हात धुने, घरबाहिर खाना नखाने र बेसार पानी खानुपर्छ । हाम्रो जनजीवनलाई ठप्प पनि नगर्ने । सावधान भएनौं भने ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ,’ उनले भने ।




प्रतिक्रिया