केपी ओलीलाई हटाउन खोज्ने शकुनीका गोटीहरु फ्याँकिनेछन्ः प्रधानमन्त्री ओली

केपी ओलीलाई हटाउन खोज्ने शकुनीका गोटीहरु फ्याँकिनेछन्ः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढले पनि चिन्ता नगर्न आग्रह गरेका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार ढलेपनि चिन्ता नगर्न आग्रह गरेका हुन् ।

‘वर्तमान सरकार केही महिनालाई तलमाथि परिहाल्यो भने पनि चिन्ता नगर्नुहोला,’ उनले भने । प्रधानमन्त्री ओलीले आफूलाई सरकार ढल्छ कि भन्ने चिन्ता नभएको भन्दै आफूलाई हटाउन खोज्नेहरु पनि फ्याँकिने चेतावनी दिए । ‘मलाई सरकार जान्छ कि भन्ने चिन्ता छैन । अहिले नै हटाइहाले भने पनि केही छैन । यस्तो अंकगणितलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फ्याँकिनेछन्,’ उनले भने ।

उनले उद्योगीहरूलाई आफ्नो काममा ध्यान दिन र राजनीतिको विषयमा चिन्ता नगर्न आग्रह गरे । ‘तपाईहरूलाई म ढुक्कले काममा लाग्न आग्रह गर्छु । संसदीय अंकगणितलाई गलत प्रयोग गर्ने प्रयास बिलकुलै सकारात्मक छैनन् । यो तपाईंहरूको रुचिको विषय होइन । यी कुरालाई त मै ठेगान लगाइहाल्छु । तपाईंहरू आफ्नो काम गर्नुहोस्,’ उनले भने ।