काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्न सभामुख अग्नी प्रसाद सापकोटा बाधक भएको बताएका छन् । सोमबार राजधानीमा भएको जनजर्गीय संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुखले एमसीसी निर्णायार्थ पेश नगरेको बताएका छन् ।
‘एमसीसी संसदले निर्णय गर्नुपर्ने हो । निर्णयका लागि हामीले संसदमा प्रस्तुत गरेका छौं । सभामुखले निर्णयका लागि पेश गर्नुहुन्न,’ ओलीले भने, ‘के हो यो ? सभामुखले कुनै मर्यादा मान्नुपर्दैन ? सरकारले पेश गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई हुन्छ ?’
प्रधानमन्त्री ओलीले संसद बिजेनश बिहीन बन्दा पनि नेपाली कांग्रेस चुप बसेको बताए । सरकारलाई प्रतिगामी र तानाशाह भन्ने कांग्रेस संसदमा पेश भएको प्रस्ताव सभामुखदे निर्णायार्थ पेश नगर्दा कांग्रेस किन बोल्दैन ? भन्दै प्रश्न गरेका छन् ।
‘नेपाली कांग्रेस एक शब्द बोल्न सक्छ ? अहिलेको सरकार प्रतिगामी, तानाशाह भयो रे ! सरकाले संसदमा पेश गरेको प्रस्ताव सभामुखले निर्णायार्थ पेश नगर्दा कांग्रेस मुखमा पानी हालेर बस्छ । किन बोल्दैन ?’, उनले प्रश्न गरे ।




प्रतिक्रिया