प्रचण्डमाथि प्रधानमन्त्रीको आक्रोशः सरकार कब्जा हुन सकेन भने प्रतिगमन भयो भन्ने ?

प्रचण्डमाथि प्रधानमन्त्रीको आक्रोशः सरकार कब्जा हुन सकेन भने प्रतिगमन भयो भन्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको हल्ला चलाएको बताएका छन् ।

बुधबार काठमाण्डुमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डतर्फ संकेत गर्दै आफ्नो सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताएका छन् ।

‘एकथरी मान्छे आफू प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन भयो भनेर आगनमा निस्केर कराउन थाल्छन्, प्रतिगमन भयो भनेर, अहिले त्यस्तै केही स्यालहुइँया चलाउने मान्छेहरू छन । के हो प्रतिगमन भनेको ? यिनिहरुले परिवर्तन नै बुझेको रहेन्छन कि क्याहो ?’, उनले भने, ‘परिवर्तन र उपलब्धिहरू हामीले जे प्राप्त गरेका छौं ति प्राप्त गरेका उपलब्धिहरू गुमे भने, हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रणाली स्थापना गरेका छौँ त्यो गुम्यो भने, त्यो व्यवस्थालाई सङ्गठित र सञ्चालन गर्ने संविधान खोसियो भने, अहिले कसैले संविधान खोस्या छ र ?’

प्रधानमन्त्री ओलीले प्रचण्डको लुटपाट गरेर भएपनि सरकारमा पुग्ने चाहना पूरा नहुँदा प्रतिगमन नहुने बताए । उनले आफूले ध्वस्त पार्न खोज्ने र ध्वस्त पार्न नसकेपछि प्रतिगमनको हल्ला चलाउने काम भएको पनि बताए ।

‘केही मान्छेहरुको महत्वकांक्षा पुरा हुन पाएन । लुटपाट गरेर लुटेरा तरिकाले सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो त्यसो भएपछि प्रतिगमन भयो । आफुले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकेन भने प्रतिगमन भयो भनेर हल्ला चलाउने’, उनले भने, ‘यस्ता शाब्दिक क्रान्तिकारीहरु नामका बामपन्थी, कामका दक्षिणपन्थी आफ्नै बहुमतको सुदृढ बहुमतको झण्डै दुई तिहाईको सरकार आफुहरुले नै उत्पात मच्चाएर ढाल्ने किनभने सत्ता कब्जा गर्ने, कब्जा गर्नका लागि हिंडदा हिंडदै कब्जा किला काँटा सबै फुत्कियो । अनि कब्जा गर्ने । कब्जा हुन सकेन भने प्रतिगमन भयो भन्ने ?’