काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
बिहीबार अध्यक्ष ठाकुर प्रधानमन्त्री अोलीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटवार्ताका क्रममा अध्यक्ष ठाकुरले जसपाका मागबारे चासो व्यक्त गरेका थिए ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला जानकार डा. राजन भट्टराईले वार्ता सकारात्मक रहेको बताए ।
जसपाका माग पूरा गर्न कार्यदलसमेत गठन गरिएको छ । कार्यदलले जसपाका माग पूरा गर्न अतिकतम लचकता अपनाउने नीति लिएको छ ।
कार्यदलले जसपाले उठाउँदै आएका सांसद रेशम चौधरी लगायतका राजवन्दी रिहाई, संविधान संशोधन लगायतका विषयमा छलफल गरिरहेको छ ।
कार्यदलमा एमालेको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् ।




प्रतिक्रिया