काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली ‘एसियाको भविष्य’का नेताको रूपमा छनौट भएका छन् । प्रधानमन्त्री आगामी जेठ ६ र ७ गते ‘एसियाको भविष्य’ कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको छ । २६औँ अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८ औँ नम्बरमा छनौट गरेको छ ।
जापानको राष्ट्रिय दैनिकले फ्रण्डपेजमै द फ्युचर अफ एसिया शीर्षकमा प्रधानमन्त्री ओलीसहित पाकिस्तानी प्रधानमन्त्री ईमरान खान, मलेसियाली पुर्बप्रधानमन्त्री महाथिर बिन मोहम्मद, थाइल्यान्डका प्रधानमन्त्री प्रत्युत चान चाले समेत सम्बोधन गर्नेछन् ।
भारतीय विदेशमन्त्री एस जयशंकर र सिंगापुरका उपप्रधानमन्त्री हेङ स्वी किटसहित अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलका एसिया मामिला हेर्ने पूर्व बरिष्ठ निर्देशक इभान मेडेइरोस समेत वक्ता रहेका छन् ।





प्रतिक्रिया