काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले माधव नेपाल पक्ष अराजक ढंगले लागेको बताएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको दसौं महाधिवेशन आयोजक कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी खोस्ने हिसाबले आए त्यो सम्भव नभएको बताएका छन् ।
‘अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेका छन् । पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन,’ उनले भने ।
त्यस्तै प्रधानमन्त्री ओलीले माधव नेपाल, योगेश भट्टराईलगायतका नेताहरूसँग भेट भएको प्रशंग पनि निकालेका थिए । उनले आफू अझै लचिलो भएको र लेनिनको शैली अपनाउन तयार भएको बताए ।




प्रतिक्रिया