नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीले दिए बधाई

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीले दिए बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाली क्रिकेट टोलीले शनिबार नेदरल्यान्ड्सलाई १४२ रनको अन्तरले त्रिदेशीय क्रिकेट जितेको थियो ।

आज बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले नेपाली टिमलाई बधाई दिएका हुन् । ‘नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधई,’ ओलीले ट्विटमा भनेका छन् ।

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच काठमाण्डुमा सम्पन्न अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा हिजो नेपालले फराकिलो रन अन्तरले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।