‘फ्लोर क्रस’ गरे राजनीतिक रुपमा समाप्त पार्ने नेपाल समूहलाई प्रधानमन्त्रीको चेतावनी

‘फ्लोर क्रस’ गरे राजनीतिक रुपमा समाप्त पार्ने नेपाल समूहलाई प्रधानमन्त्रीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई राजनीतिक रुपमा समाप्त पार्ने चेतावनी दिएका छन् ।

आइतबार साँझ इमेज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री अ‍ोलीले पार्टीको ह्वीप उल्लंघन गरे राजनीतिक रुपमा समाप्त पार्ने चेतावनी दिएका हुन् ।

‘पार्टीको निर्देशन विपरित काम गरे उहाँहरुलाई राजनीतिक हिसाबले समाप्त हुन दिनुपर्छ । ह्वीप उल्लंघन गर्नुहुन्छ भने उहाँहरुको राजनीति रहन्छ भन्ने नसोचे हुन्छ’, उनले भने ।

प्रधानमन्त्री अ‍ोलीले नेपाल समूहलाई सच्याउने कोशिश गरिरहेको र नसच्चिए कारबाही गर्ने बताएका छन् ।

‘पार्टीहितको पक्षमा नहुने भए कारबाही हुन्छ । (नेपाल समूहले)छुट्टै संगठन बनाएको छ कारबाही हुन्छ । एमाले भनेको जोगी सन्याशी भनेजस्तो होइन नि । सच्याउने कोशिश गर्दैछु नभए कारबाही हुन्छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले माधव नेपालले नयाँ पार्टी खोलिसकेको दाबी गरेका छन् । उनले माधव नेपालले अराजक भएको पार्टीलाई फुटाउन अरुसँग लागेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले माधव नेपाल समूह पार्टीको बैठक नआएकाले स्थायी कमिटी बैठकमा नराखेको बताएका छन् ।

नेपाल समूहले कर्णालीमा फ्लोर क्रस गरेकाले केन्द्रमा पनि त्यसको असर देखा पर्ने उनले बताएका छन् ।