काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञा कडा पार्ने बताएका छन् ।
सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अोलीले नागरिकको जीवन सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै निषेधाज्ञालाई थप कडा पार्ने बताएका हुन् ।
उनले भने, ‘सङ्क्रमणको साङ्लो तोड्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहन्छ । महामारी नियन्त्रण भएसंगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिने नै छ ।’
उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो पाथमिकता रहेकाले महामारी नियन्त्रणका लागि सबै संयन्त्र परिचालित रहेको बताएका छन् ।
उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको बताए ।
प्रधानमन्त्री ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए ।
उनले २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि बताएका छन् ।




प्रतिक्रिया