काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएका छन् । प्रधानमन्त्रीको पक्षमा ९३ जना सांसदले मात्रै विश्वासको मत दिएका थिए ।
उनको विपक्षमा १२४ मत खसेको सभामुख अग्नी सापकोटाले जानकारी दिए । त्यस्तै मत दिन्न भन्ने पक्षमा १५ सांसद रहेको सभामुख सापकोटाले जानकारी दिए ।
उनले कूल सांसदको १ सय ३६ मत पाउनुपर्ने थियो । यो सँगै सरकारकाले विश्वासको मत गुमाएको छ । विस्वासको मत नपाएपछी उनी स्वतः पदमुक्त भएका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । आज एमाले नेता माधव नेपाल समूहका २८ जना सांसद अनुपस्थित थिए ।
नेपाल समूहका ८ जना सांसद मात्रै उपस्थित थिए । मतदानमा उपस्थित सांसदको संख्या २ सय ३२ रहेको थियो ।




प्रतिक्रिया