काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ह्वीप उल्लंघन गर्ने माधव नेपाल समूहमाथि आवश्यक कारबाही अगाडि बढाइने बताएका छन् ।
सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको ह्वीप उल्लंघन गरेर मतदानमा सहभागी नहुने नेपाल समूहमाथि आवश्यक निर्णय लिने बताएका हुन् । उनले मतदानस्थलमा उपस्थित नहुनु पार्टीप्रतिको गद्दारी भएको बताएका छन् ।
‘आफ्नै सांसदले ह्वीप उल्लंघन गरेर अनुपस्थित हुनु गद्दारी हो, यस्ताको जति निन्दा गरे पनि पुग्दैन । यसबारेमा पार्टीले निर्णय लिन्छ’, प्रधानमन्त्री ओलीले भने ।
उनले नेपाल समूहले पछिल्लो समय जे गर्दैछन् त्यसले आफूलाई असर नगर्ने बताए ।
‘मैले जे गर्न खोजेको हो त्यसै भइरहेकै छ, केही चिन्ता छैन । मिठाइ खाए हुन्छ । तर, लड्डू चाहिँ नखानू’, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिएका थिए । जसमा माधव नेपाल समूहका २८ जना सांसद अनुपस्थित भएका थिए ।




प्रतिक्रिया