विपक्षीमाथि प्रधानमन्त्रीको आक्रोशः आफूले सरकार बनाउन नपाउँदा प्रतिगमन हुने हो ?

विपक्षीमाथि प्रधानमन्त्रीको आक्रोशः आफूले सरकार बनाउन नपाउँदा प्रतिगमन हुने हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कथोकथित क्रान्तिकारीहरुले जनतामा भ्रम छरेको बताएका छन् ।

प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उनले आफुले सरकार बनाउन नसक्ने र अरुले सरकार बनाउदा प्रतिगमन भन्दै जनतामा भ्रम छरेको बताए ।

‘संविधान र कानुनअनुसार सरकार बनाउँदा प्रतिगमन । के को प्रतिगन आफूले सरकार बनाउन नपाउँदा प्रतिगमन हुने हो ? प्रतिगमन भइरहेको छ भन्दै सबैलाई एक जुट आह्वान गरिरहेका छन्’, उनले भने ।

प्रधानमन्त्री ओलीले अस्थीरता निम्त्याउने तत्वहरु सक्रिय भएको बताएका छन् । उनले आफ्नो स्वार्थ पूरा गर्ने तत्व सक्रिय भएको भन्दै यो सह्य हुन नसक्ने चेतावनीसमेत दिए ।

यस्तै उनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगाउने बताएका छन् ।

अक्सिजन ढुवानी र वितरणलाई व्यवस्थित बनाउने भन्दै प्रधानमन्त्री ओलीले आवश्यकता र विरामीको चापका आधारमा अक्सिजन पाउने व्यवस्था गर्ने पनि बताए ।