काठमाण्डु , राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रधानमन्त्रीको शपथ लिएपछि उनले सिंहदरबारमा पुगेर पद बहाली गरेका थिए । पदबहाली गर्दै प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिवहरुलाई विभिन्न निर्देशन दिएका थिए ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी भएका थिए ।
प्रधानमन्त्रीको शपथ लिएपछि उनले सिंहदरबारमा पुगेर पद बहाली गरेका थिए । पदबहाली गर्दै प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिवहरुलाई विभिन्न निर्देशन दिएका थिए ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरिए पनि समयावधिमा नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दल असफल भएका थिए । प्रधानमन्त्री ओलीको यो तेस्रो प्रधानमन्त्रित्व काल हो ।







प्रतिक्रिया