प्रधानमन्त्रीद्वारा तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र उद्घाटन

प्रधानमन्त्रीद्वारा तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर –प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा निर्माण सम्पन्न भएको मुलुककै ठूलो तीन हजार सिट क्षमताको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको आज आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले सो केन्द्र नेपालको सबैभन्दा बढी सिट क्षमता भएको सम्मेलन केन्द्र यही भएको उल्लेख गर्दै भने, ‘मुलुक विकासको भ¥याङमा नयाँ सिँढी थपिएको छ । हामी आधुनिकीरणको बाटोतर्फ लागेका छौं ।’

हाल कोभिड महामारीले त्रसित बनाएको समयमा सकारात्मक भावनाले ओतप्रोत भइ अघि बढ्न उनले आग्रह गरे । उदाउँदो सूर्य समृद्धि र विकासको आधार रहने हुँदा केन्द्रको स्वरुप पनि त्यसै आकारमा निर्माण गरी ‘गोदावरी सनराइज’ नामकरण गरिएको ओलीको भनाइ थियो ।

शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले ४३ रोपनी जमिनभित्र निर्माण भएको सो सम्मेलन केन्द्रको भवनले मात्र ११ रोपनी १३ आना क्षेत्रफल ओगटेको बताए ।

सो केन्द्र शहरी विकास तथा भवन निर्माण विभाग र केसी समानान्तर जेभीबीच गतवर्ष २०७६ साल कात्तिक २० गते सम्झौता भई कार्तिक २१ गतेबाट निर्माण अघि बढाइएको थियो ।

केन्द्र निर्माणको काम सम्पन्न भएपनि सरसफाइलगायत भवनमा रङ्गरोहण गर्दा लागेका दागहरु हटाउन र स्काफोल्डिङ्ग झिक्ने बाँकी रहेको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए । भवन निर्माणमा कूल रु ८१ करोड खर्च भएको भट्टले जानकारी गराए ।

अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा ए, बी र सी नामक तीन ब्लक छन् । ‘ए’ र ‘सी’ सम्मेलन केन्द्र प्रवेश गर्ने थलो हुँदा ‘बी’ भने मा तीन हजार क्षमताको सभाकक्ष रहको छ । केन्द्र भवनमा मुलुकमै पहिलो पटक ५८ मिटर लामो ट्रष्ट हालिएको कार्यक्रममा बताइयो ।

विभाग र जेभीबीच पहिलो पटक २०७६ साल चैत २४ गतेभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको भए पनि मुलुकमा आएको महामारीको कारण ढिलाइ भएको हो । उक्त केन्द्र निर्माणपछि गोदावरीमै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिने भएकाले गोदावरीवासीको मुहारमा हाँसो थपिएको छ ।