सीसीएमसी बैठकमा प्रधानमन्त्रीको निर्देशन : हरहालतमा नागरिकको जीवन रक्षा गर्नूस्

सीसीएमसी बैठकमा प्रधानमन्त्रीको निर्देशन : हरहालतमा नागरिकको जीवन रक्षा गर्नूस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा नागरिकको जीवन रक्षा गर्न निर्देशन दिएका छन् ।

आइबार सिंहदरबारमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)को बैठकमा बोल्दै प्रधानमन्त्री अ‍ोलीले प्रक्रियामा अल्झिएर नागरिकको जीवन तलमाथी नपार्न निर्देशन दिएका हुन् ।

‘क्वीक रेस्पोन्स टिम बनाउनुस् । हाम्रा प्रक्रियामा अल्झिएर आर्थिक अभावले कुनै नागरिकको ज्यान जानुहुँदैन । तत्काल नागरिकको जीवन रक्षाका कदम चाल्नूस् । हरहालतमा नागरिकको जीवन रक्षा गर्नूस्’, उनले भने ।

प्रधानमन्त्री ओलीले नागरिकको जीवन रक्षाका लागि युद्धस्तरमा काम गर्न पनि सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् । उनले कानूनी बाधा भए त्यसलाई फुकाउन आफू रहेको बताएका छन् ।