काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत रहेको जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् ।
शुक्रबार राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीले १५३ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई बहुमत रहेको जानकारी गराएका हुन् ।
उनले नेकपा एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गरेका छन् ।
दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् ।
त्यस्तै विपक्षी दलहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएका छन् ।




प्रतिक्रिया