काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा ध्यान केन्द्रीत गर्न विपक्षी दलहरुलाई आग्रह गरेका छन् ।
आइतबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले गत वर्षको कोभिडदेखि नै सरकार परिवर्तनको खेल आफ्ना कुण्ठालाई फालेर कोरोना नियन्त्रणमा केन्द्रीत हुन आह्वान गरेका हुन् ।
‘देशका राजनीतिक शक्तिहरु साना कुराहरु छोडेर राजनीतिक प्रश्नका झमेला छोडेर जनताका समस्या समाधान गर्न लाग्नुपर्ने हो । यो बेला अरु राजनीतिक झमेल गालीगलौज जस्ता स्थरहीन कुरा गर्ने समय होइन । म राजनीतिक दल, नागरिक समाज सबैलाई आफ्ना लडाइँ कोभिडविरुद्ध केन्द्रित गर्न आग्रह गर्छु,’ उनले भने ।
त्यस्तै उनले राष्ट्रपतिमाथि भएका गालीगलौजले आफूलाई आश्चर्यमा पारेको बताएका छन् ।
‘ मलाई त आश्चर्य लाग्छ । सामन्तवादी कुसंस्कारको यो भन्दा अवाञ्छित प्रभाव के होला ? गाली, गलौज, चरित्र हत्या जस्ता स्तरहिन कुराहरु अपशब्दलाई सामाजिक संस्कार र संस्कृती बनाउने प्रयास देशका निम्ति चुनौती हो’, उनले भने ।




प्रतिक्रिया