काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट मुक्त गर्ने कोसिसमा केन्द्रित भएको बताएका छन् ।
आज पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले महामारीको नियन्त्रणमालागेका बेला आफूलाई तान्ने कोसिस भईरहेको बताउदै त्यसो नगर्न विपक्षीहरुलाई आग्रह गरेका छन् ।
उनले भने, ‘म यस्ता कुरामा अल्मलिन चाहन्छ म कोभिड १९को मारमा परेका जनताहरूलाई कोभिड १९ को मारबाट सकेसम्म छिटो मुक्ति दिलाउने आफ्ना प्रयासमा छु र रहने छु । मलाई तान्ने कोसीस भइरहेको छ मुद्दा हाल्ने फिराद पत्र लेख्न लगाउने ? म कोभिडका विरुद्ध लडौँ की डेढ सय मुद्दाका फिराद पत्र लेखेर बसौँ ।’
यस्तै उनले पिपिई अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीहरू पनि ल्याइरहेको दाबी गरे ।
यस्तै खोप ल्याउने विषयमा चीन, भारत, अमेरिका, बेलायत लगायत देशहरूसँग कुराकानी गरिरहेको प्रस्ट पारे । भारतबाट १० लाख डोज खोप केही कारणले रोकिएको बताए ।




प्रतिक्रिया