काठमाण्डु – सरकारले आगामी आर्थीक बर्षको बजेट अध्यादेशमार्फत ल्याउने तयारी गरेको छ ।
आजभएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका हुन् ।
यो वर्षको बजेट कोभिड केन्द्रित हुने प्रधानमन्त्री ओलीको भनाइ छ । आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने उनले बताए ।
‘जेट १५ गते अध्यादेशबाट बजेट आउने हो । देशको भविष्यप्रति गैरजिम्मेवार भएर आउँदैन’ उनले भने ।
त्यस्तै उनले मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् । प्रधानमन्त्री अोलीले अहिले विभिन्न ७ मन्त्रालयको जिम्मेवारी आफैंसँग रहेकाले केही समयमै मन्त्रिमण्डल हेरफेर हुने बताए ।
‘७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ’, उनले भने, ‘दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’




प्रतिक्रिया