भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याउँछौंः प्रधानमन्त्री ओली

भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याउँछौंः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने बताएका छन् ।

बिहीबार बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका सम्वाददाताहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले भारतले ५८ वर्षदेखि नियन्त्रणमा लिएको नेपाली भूमि फिर्ता ल्याउने बताएका हुन् ।

सरकारले नेपालको जमिन राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेको अवस्थामा भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेको बताएका छन् ।

‘महाकालीभन्दा पुर्वको र त्यस ठाउँमा महाकाली भन्दा उत्तरपुर्वको भनौ । महाकाली पुर्वको जमिन नेपालको जमिन हो । र हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौं र त्यसलाई संविधानको अनुसुचिमा पनि सामेल गरेका छौं’, उनले भने, ‘संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउँछौं । जबसम्म भारतको नियन्त्रणमा छ र फिर्ता आएको छैन् तबसम्म फिर्ता आएको स्तरमा व्यवहार हुनसक्ने कुरा भएन । हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ ।’