काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले वकिलहरुको न्यायालयको हुर्मत लिने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सोमबार भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री अोलीले आफ्नो कार्यकालमा केही नगर्ने अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गरेको भन्दै असनतुष्टी जनाएका छन् ।
उनले संसद विघटनको मुद्दाको सुनुवाईका लागि गठन भएको संवैधानिक इजलासमा आफूले भनेका मान्छे राख्न विपक्षी दलका वकिलले गरेको अडानप्रति असतुष्टी जनाएका हुन् ।
उनले भने, ‘राज्यको पेन्सन खाएर न्यायालयको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ? लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्छौ भनेर कालो कोटधारीले भनिरहेका छन् । कालोकोटधारी केही व्यक्तिले न्यायालयलाई कुन अवस्थामा पु¥याउँदै हुनुहुन्छ ?’
प्रधानमन्त्री ओलीले वकिलहरुले न्यायाधीश तय गर्ने ? उनीहरुले पढेर सुनाउ भनेको निर्णय सुनाउने न्यायाधीश चाहियो ? भन्दै आक्रोश पोखेका छन् ।




प्रतिक्रिया