छुवाछुत अन्त्य गर्न कानुनी निषेधले मात्रै पुग्दैनः प्रधानमन्त्री ओली

छुवाछुत अन्त्य गर्न कानुनी निषेधले मात्रै पुग्दैनः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मानव सभ्यताको कलंकको रुपमा रहेको छुवाछुत तथा भेदभाव अन्त्य गर्न सबैलाई आग्रह गरेका छन् ।

छुवाछुत विरुद्धको राष्ट्रिय दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले सम्पूर्ण राजनीतिक दल तथा तीन वटै तहका सबै निकायलाई आह्वान गरेका हुन् ।

उनले भनेका छन्, ‘छुवाछुत अन्त्य गर्न तीनै तहका सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, मिडिया र आमनागरिकलाई आह्वान गर्दछु ।’

छुवाछुत समाप्त पार्न कानूनी निषेध मात्रै पर्याप्त नभएको भन्दै उनले सामाजिक अन्धविश्वासको आड हुने यस्तो अमानवीय प्रथाविरुद्ध राज्य र समाज दुवै तहमा सार्थक अभियान चलाउनु पर्ने बताए ।

उनले छुवाछुत, रंगभेद, जातिभेद, लिंगभेद, पक्षपात वा दमन कहिल्यै पनि मानव जातिको आकाङ्क्षा नभएको उल्लेख गरेका छन् । छुवाछुत कुनै व्यक्ति वा समुदायको नभई सिंगो राष्ट्रको समस्या भएको प्रधानमन्त्री ओलीको निश्कर्ष छ ।