शल्यक्रियापछि हिँड्न सक्ने भए प्रधानमन्त्री ओली

शल्यक्रियापछि हिँड्न सक्ने भए प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओली हिँडडुल गर्न सक्ने भएका छन् ।

मंगलबार महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियाका भएको हो ।

त्यस्तै ओलीले झोल खानेकुरा खाएको र सल्लाहकारसँग पनि भेट गरेर कुराकानी गरेको पनि डा. अरूण सायमी बताए ।

शल्यक्रिया पछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिराखिएको छ । उनलाई अझै केही दिन सघन उपचार कक्षमै राखेर उपचार गरिने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

बुधबार उनलाई कालो चिया र जुस खुवाइएको थियो । प्रधानमन्त्रीलाई बिहीबार पत्नी राधिका शाक्य र परिवारका सदस्यहरूमात्र भेट्ने छन् ।

यसैबीच बुधबार साँझ प्रधानमन्त्रीको डायलासिस गरिएको छ । एक महिनामा प्रधानमन्त्रीले पाँच पटक डायलासिस गराएका छन् ।