प्रधानमन्त्री ओलीले गरे आफु निकट नेताहरुसँग छलफल

प्रधानमन्त्री ओलीले गरे आफु निकट नेताहरुसँग छलफल


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग छलफल गरेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि २० मन्त्री पदमुक्त भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा आफुनिकट नेताहरुसँग छलफल गरेका हुन । छलफलमा प्रदीप ज्ञवाली, ईश्वर पोखरेल लगायतका नेताहरु सहमागी थिए ।

यस अघि मंगलबार ओलीले पदमुक्त भएका जनता समाजवादी पार्टीका ११ सहित २० मन्त्रीहरुसँग बालुवाटारमा छलफल गरेका थिए । निवर्तमान मन्त्रीसँगको छलफलमा प्रधानमन्त्री ओलीले अदालतले दुःख दिएको बताएका थिए ।