काठमाण्डु — नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरूले पार्टी र सरकारविरुद्ध स्याल हुइयाँ मच्चाएको आरोप लगाएका छन् ।
एमाले केन्द्रीय कमिटीको १३ औं बैठकलाई शुक्रवार सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन भनेर अराजनीतिक क्रियाकलाप शुरू भएको बताए ।
उनले भने, ‘पार्टी र सरकारका विरुद्ध स्याल हुइयाँ मच्चाइरहेका छन् । तर, स्याल हुइयाँ टिक्नेवाला छैन । फेरि पनि नेपालको राजनीति एमालेकै केन्द्रबिन्दु वरिपरि रहेर अघि बढ्छ ।’
प्रधानमन्त्री ओलीले आजको बैठकबाट केही महत्त्वपूर्ण निर्णय लिइने जानकारी दिएका छन् ।
‘राम्रो काम गर्दागर्दै पनि केही तत्व पार्टी फुटाउन लागेका छन् । आज हामी केही जरुरी र महत्त्वका विषयमा निर्णय गर्नेछौं,’ ओलीले भने ।
एमालेको १३ औं केन्द्रीय कमिटी बैठक अहिले बसिरहेको छ । उनले राम्रो काम गर्दागर्दै पनि पार्टी फुटाउन खोजिएका आरोप लगाए ।




प्रतिक्रिया