काठमाण्डु — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधवकुमार नेपाल पक्षलाई दुई दिने अल्टिमेटम दिएका छन् ।
बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा उनले दुई दिनको समय दिएर हस्ताक्षर फिर्ताका लागि निर्देशन दिएका हुन् ।
नेपाल पक्षका २३ जना सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । त्यो सँगै उनीहरुले ओलीले विघटन गरेको संसद पुनस्र्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा पनि हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘एमालेको नेता हो भन्ने अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र अरुको पार्टी हित हुने कार्य सह्य हुँदैन ।’
उनले आफू पार्टी एकता जोगाउन अधिकतम लचिलो हुन तयार भएको पनि बताए ।




प्रतिक्रिया