काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
आज उनले बालुवाटार छोड्नुअघि देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सिंहदरबारबाट सम्बोधन गर्ने थापाले जानकारी दिए । उक्त सम्बोधन नेपाल टेलिभिजन, रेडियो नेपाललगायत सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण हुनेछन् ।
सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ ।




प्रतिक्रिया