प्रधानमन्त्री ओलीले भोलि मात्रै बालुवाटार छाेड्ने

प्रधानमन्त्री ओलीले भोलि मात्रै बालुवाटार छाेड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बिहान मात्रै बालुवाटार छाड्ने भएका छन् । तयारी नपुगेका कारण प्रधानमन्त्री ओलीले भोलि बिहान ११ बजेमात्रै बालुवाटार छाड्ने भएका हुन् । यसअघि प्रधानमन्त्री ओली आज नै बालुवाटारबाट विदा हुने जनाइएको थियो ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले भने, ‘तयारी नपुगेको कारण प्रधानमन्त्री भोली बिहान ११ बजे मात्रै आफ्नो निवास सर्नुहुनेछु, आज दिउँसो उहाँले देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । उनले संविधानको धारा ७६ को (५) अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई आजै शपथ ग्रहण गराउने तयारी भएको छ । देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।