काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई स्वीकार नगर्ने बताएका छन् ।
बुधबार बालुवाटारबाट बालकोट पुगेका अध्यक्ष ओलीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै विपक्षीलाई प्रधानमन्त्री बनाउन जाने नेपाललाई पार्टीमा स्वीकार नगर्ने बताएका हुन् ।
उनले माधव नेपाल गद्दार भएको बताउँदै सर्वोच्च अदालतमा कहिँ नभएको जात्रा भएको र आफूलाई जनमतले होइन, अदालतमा मुद्दा हालेर निकालिएको बताए ।
‘माधवकुमार नेपाल गद्दार हुन् । उनकै कारण अहिलेको अवस्था आएको हो । नेपालको सर्वोच्च अदालतमा कहिँ नभएको जात्रा भयो,’उनले भने, ‘मलाई जनमतले होइन अदालतमा मुद्दा हालेर निकालियो । जालझेल गरेर निकालियो । मर्न परे पनि शानले मर्छौँ ।’
अध्यक्ष ओलीले नेपाली जनताको अधिकार खोसिएको बताउँदै नेताको, सरकारको मूल्यांकन गर्न पाउने जनताको अधिकार खोसेर अदालतबाट प्रधानमन्त्री चुन्ने विश्वमा कँही नभएको जात्रा भएको बताएका हुन् ।




प्रतिक्रिया