काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । अध्यक्ष ओलीले शुक्रबार दिउँसो ३ बजेका लागि संसद भवनस्थित लोत्से हलमा बैठक बोलाएका हुन् । सरकारबाट बाहिरिएपछि उनले पहिलोपटक बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको एमालेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
उनले बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइएको जानकारी दिए । एमालेको नेपाल पक्षका २३ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट बाहिरिएका थिए ।




प्रतिक्रिया