काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।
शुक्रबार एमाले स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले जनादेशबाट सरकारमा भए पनि परामदेशबाट आफूहरु प्रतिपक्षी भएको बताएका छन् । उनले आफूहरु कुनै आवेश उत्तेजनामा नरहेको बताउँदै न्याय पाउनुपर्ने ठाउँबाट अन्याय भएको बताएका हुन् ।
‘हिजो हामी जनादेशबाट सरकारमा थियौँ, आज हामी परामदेशबाट प्रतिपक्षी भएका छौँ । राष्ट्रियता, संविधान, शान्ति, लोकतन्त्र नेपालको अन्तर्राष्ट्रिय छवि, विकास निर्माणका काम अघि बढाउने कुरा, रचनात्मक र सक्रिय प्रतिपक्षीको भूमिकामा रहनेछाैँ,’ अध्यक्ष ओलीले भने, ‘हामी हाम्रा सुझाव र आदर्शलाई अघि बढाउनेछौं । हामी कुनै आवेश, उत्तेजनामा छैनौँ । हामीमाथि न्याय पाउनुपर्ने ठाउँबाट अन्याय भएको छ ।’




प्रतिक्रिया