काठमाण्डु- पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले हालको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको बताएका छन् ।
आज नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले देउवा सरकारले मन्त्रिपरिषद् बिस्तार गर्न नसकेर अनेकौं प्रलोभन देखाइरहेको आरोप लगाएका हुन् ।
साथै ओलीले आफूहरुले ल्याएको खोपबारे भ्रम फिजाउन थालिसकेको आरोप बताएका छन् । ओलीको भनाइ उद्धृत् गर्दै सांसद महेश बस्नेतले भने , ‘देउवा सरकारले मन्त्रीमण्डल विस्तार गर्न सकिरहेको छैन । माइतीघरको चलिचत्रको गीत म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु भन्नेझै म मन्त्री बनाइदिन्छु, म सबै कुरा मिलाइदिन्छु भन्न थालेका छन्, पार लाग्दैन ।’
त्यसैगरी अध्यक्ष ओलीले संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत एमाले एमाले फुटाउन प्रयास हुनसक्ने जानकारी दिएका छन् ।




प्रतिक्रिया