काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले माधव नेपाल पक्षलाई आममाफी दिने घोषणा गरेका छन् ।
बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल पक्षका सबै नेताहरुलाई आम माफी दिने घोषणा गरेका हुन् । उनले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरेका छन् ।
ओलीले भने, ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ, अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।
उनले नेपाल पक्षलाई इंगित गर्दै अब बाटो बिराएर, भड्किएर नहिँड्न पनि आग्रह गरेका छन् ।
‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि आग्रह गर्छु । यस पार्टी र आन्दोलनको एकताका लागि आउनुस् सबैले मिलेर काम गरौँ, अध्यक्ष ओलीले भने ।




प्रतिक्रिया