काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनप्रिय सरकार ढाल्न गठबन्धन बनेको बताएका छन् ।
सोमबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले साँठगाँठ गरेर बनाइएको देशभक्त शक्तिविरूद्ध गठबन्धन बनेको बताएका हुन् । उनले शेरबहादुर देउवा नेतृत्वको सरकार लोकतान्त्रिक बाटोबाट नभई अपवित्र गठबन्धन बनेको बताए ।
‘अहिलेको सरकार लोकतान्त्रिक बाटोबाट होइन अपवित्र गठबन्धन बनेर भएको हो । साँठगाँठ गरेर बनाइएको देशभक्त शक्तिविरूद्ध यो गठबन्धन बनेको हो । जनप्रिय सरकारलाई ढाल्न बनाइएको गठबन्धन हो,’ अध्यक्ष ओलीले भने ।




प्रतिक्रिया