काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
मंगलबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विपक्षी दलको नेताका हैसियतले अध्यक्ष अोलीले सम्बोधन गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सर्वोच्च अदालतको परामदेशबाट पदमुक्त भएका ओलीले पहिलोपटक संसदमा सम्बोधन गर्ने भएका हुन् ।
अदालतले ओलीलाई पदमुक्त गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । सोही अनुसार विपक्षी गठबन्धनको समर्थनमा देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।




प्रतिक्रिया