काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले धुल्याउने सपना नदेख्न विपक्षीहरुलाई चेतावनी दिएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई विभाजन गर्न विपक्षीहरु लागि परेको बताए । उनले नेकपा एमाले भवितव्यले बनेको पार्टी नभएको भन्दै हजारौं शहिद र लाखौं कार्यकर्ताको पसिनाबाट बनेको पार्टी भएको बताए ।
‘एमाले कर्कलाको पानी होइन, भवितव्यले बनेको र भवितव्यले विभाजन भएको होइन । हजारौं शहिद र लाखौं कार्यकर्ताको पसिनाबाट बनेको पार्टी हो,’ उनले भने, ‘यो पार्टी संसारका जुनसुकै कुनामा पुगेको छ । एमाले धुल्याउने सपना नदेख्नू । हामी अलिकति लाग्न हो १० प्रतिशत पनि पुग्दैन ।’
अध्यक्ष ओलीले सरकारलाई उत्ताउलोपन नदेखाउन चेतावनी दिएका छन् । उनले आफ्ना कार्यकर्ताहरुमाथि प्रहरीले दमन गरेको भन्दै दमन नगर्न चेतावनी दिएका हुन् ।
‘धेरै उत्ताउलिएर नजाओस् । एमालेमाथि अलोकतान्त्रिक ढंगले दमन गर्छ भने सह्य हुँदैन,’ अध्यक्ष ओलीले भने ।




प्रतिक्रिया