राष्ट्रपतिलाई ओलीको प्रश्न- गलत अध्यादेश किन जारी गरेको ?

राष्ट्रपतिलाई ओलीको प्रश्न- गलत अध्यादेश किन जारी गरेको ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि असन्तुष्टि जनाएका छन् । बिहीवार काठमाण्डुमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीले बुधवार जारी गरेको राजनीतिक दल सम्बन्धीको अध्यादेशप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले गलत मनसायबाट आएको अध्यादेश अध्ययन नगरी जारी गरेको भन्दै राष्ट्रपतिको भूमिका माथि प्रश्न उठाएका हुन् । अध्यक्ष ओलीले राष्ट्रपतितर्फ संकेत गर्दै भने, ‘गलत अध्यादेश किन जारी गरेको ? गलत अध्यादेश जारी गर्नुभन्दा अगाडि सोच्नु पर्दैन ?’

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरको थियो । उक्त अध्यादेशमा केन्द्रीय सदस्य वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न पाउने व्यवस्था छ । यसको प्रत्यक्ष  लाभ एमालेका माधवकुमार नेपाल र जसपाको महन्थ ठाकुर पक्षले लिएको छ । दुवै समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिइसकेका छन् ।