पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् । उनले आज बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टीका पदाधिकारीसहित पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् ।

अध्यक्ष ओलीले ११ बजे पत्रकार सम्मेलनमार्फत पत्रकारहरुको प्रश्नहरुको समाना गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार एमाले विभाजन नरोजेका दोस्रो तहका नेताहरुसँग सहमति भएपछि यसले पार्टीमा पार्ने प्रभाव, पार्टीमा देखिएको विभाजन र देशको समसामयिक राजनीतिक विषयमा ओलीले आफ्ना दृष्टिकोण राख्नेछन् ।

हिजोको स्थायी कमिटी बैठकले दोस्रो तहका नेताहरुसँग भएको सहमति अनुसार १० बुँदे कार्यान्वयन सम्बन्धमा विभिन्न ८ निर्णय गरेको थियो ।