एमाले अध्यक्ष ओली अस्वस्थ

एमाले अध्यक्ष ओली अस्वस्थ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिए ।

माधव नेपालले एमाले फुटाएर नयाँ पार्टी गठन गरेपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीका कारण उनको स्वास्थ्य अवस्था विग्रिएको  बजगाईंले बताए ।

अध्यक्ष ओलीले अत्यावश्यकबाहेकका भेटघाट बन्द गरेका छन् । उनी अहिले बालकोटस्थित निवासमै आराम गरिरहेको बजगाईंले बताए । ‘उहाँ सामान्य अस्वस्थ हुनुहुन्छ । त्यसैले अत्यावश्यकबाहेक भेटघाट बन्द गरिएको छ,’ उनले भने ।