काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अोलीको स्वास्थ्यमा सोचेभन्दा राम्रो सुधार भएको पाइएको छ । प्रधानमन्त्री ओली अझै एकसाता अस्पताल नै बस्नुपर्ने भएको छ ।
मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार आयोजित पत्रकार सम्मेलन प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले स्वास्थ्यमा सोचे भन्दा चाँडोसुधार भएको जानकारी दिएकी छन् ।
‘उहाँको घाउ निको हुन कम्तीमा १० दिन लाग्छ । त्यसैले अझै एकसातासम्म आईसियूमै राखेर उपचार गर्नुपर्छ ’, उनले भनिन्, ‘उहाँ (प्रधानमन्त्री) को स्वास्थ्यमा हामीले सोचेको भन्दा राम्रो सुधार भएको छ ।’
उपचारमा संलग्न चिकित्सकहरुले एपेन्डिसाइटिस पाकेर पुरै पेटमा संक्रमण फैलिन पुगेकाले नियमित र कडा निगारीमा राख्नुपरेको जानकारी दिए । प्रधानमन्त्री ओलीकैै आग्रहमा उपचारमा संलग्न सबै चिकित्सकहरुको उपस्थितिमा स्वास्थ्यबारे विस्तृत जानकारी गराइएको हो ।
‘एपेन्डिसाइटिसले प्रधानमन्त्रीको पेटमा पुरै संक्रमण फैलिएको रहेछ’, प्रधानमन्त्रीका अर्का निजी चिकित्सक डा. अरुण सायमीले भने, ‘हामीले थप क्षति हुन नदिन ‘क्विक डिसिजन’ लिनुपर्यो । तर अपरेशनपछि सोचेभन्दा चाँडो र राम्रो सुधार भएको छ ।’
मिर्गौलाले पनि काम गर्न छाडेपछि मनमोहनमै २ पटक प्रधानमन्त्रीको डायलाइसिस गरिएको छ । मंगलबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीको त्यही दिन साँझ ल्यापरोक्टोमी र एपेन्डेक्टोमी शल्यक्रिया गरिएको थियो ।




प्रतिक्रिया