सरकारको प्रस्ताव एमाले अध्यक्ष ओलीले गरे अस्वीकार

सरकारको प्रस्ताव एमाले अध्यक्ष ओलीले गरे अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको प्रस्ताव अस्वीकार गरेका छन् । एमाले अध्यक्ष ओलीले नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव अस्वीकार गरेका हुन् ।

मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीले नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव अस्वीकार गरेको जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले केहि दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई फकाउन कानुनमन्त्री कार्कीलाई बालकोट पठाएका थिए ।

उनले २३ भदौदेखि सूचारु हुने संसदको अधिवेशन र आफूहरु प्रतिपक्षसँग वार्ताद्वारा बजेटका सम्बन्धमा निष्कर्षमा पुग्ने बताए । मन्त्री कार्कीले चाँडै नै मन्त्रिपरिषदले पूर्णता पाउने समेत बताए ।