काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले उम्रिन नपाउँदै मुकाबिला गर्न खोजेको बताएका छन् ।
मंगलबार एमाले कास्कीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विकासप्रेमी सरकार ढाल्न माधव नेपाल र प्रचण्ड नै लागेको बताउँदै माधव नेपालको प्युसोले उम्रिन नपाउँदै मुकाबिला गर्ने सपना देखेको बताएका छन् ।
‘मकहाँ आउँदा कोही भाइ त कोही छोरीवादमा कुद्ने, कामै गर्न नदिने । विकास भन्ने चिजसँग रुची होइन वैरभाव छ,’ उनले भने, ‘एमालेको विकासप्रेमी सरकार ढाल्न माधव नेपाल र प्रचण्ड नै लागे । माधव नेपालको प्युसो । उम्रिन पाएको छैन एमालेसँग मुकाबिला गर्ने सपना देख्छ !’
अध्यक्ष ओलीले कुनै पनि शक्तिले एमालेलाई एक्लै हेर्न पनि नसक्ने बताए । उनले अहिलेको सत्ता गठबन्धन देउसीमा पाँच भाई जम्मा जस्तै भएको टिप्पणी गरेका छन् ।
‘देशलाई बर्बाद गर्न खोज्ने शक्तिहरु अहिले सक्रिय भएका छन् । कुनै पनि शक्तिले एमालेलाई एक्लै हेर्न पनि सक्दैनन् । लड्ने कुरा छाडौँ । त्यही भएर चार दिशाबाट ५ भाइ जम्मा भएका छन्,’ अध्यक्ष ओलीले भने ।
उनले एमालेका कार्यकर्ताहरु खान मात्र होइन देश बनाउन जन्मिएको बताउँदै पार्टीभित्र साना स्वार्थका लागि पार्टी ध्वस्त बनाउने प्रवृति आफ्ना नातागोता प्रवृतिबाट पार्टी आक्रन्त भएको बताएका छन् ।
‘प्रदेशमा पनि आएर अनेक प्रलोभन देखाउन थालेका छन्। बरु आफैं खाऊ खान जन्मिएका हौ खाऊ । एमालेका कार्यकर्ता खान मात्रै जन्मिएका होइनन्,’ उनले भने, ‘जहिले पनि मौका पाउँदा छोरी बुहारीवादमा कुद्ने कोही भाई छोरा भतिजाका लागि मरिमेट्ने ।’




प्रतिक्रिया