काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दान गर्न दुई जना आफन्त तयार भएका छन् । प्रधानमन्त्रीलाई दोस्रो पटक मृगौला प्रत्यारोपण गर्नका लागि भान्जी र एक जना भान्जा रहेका छन् ।
ओलीलाई १२ वर्षअगाडि भारतको एपोलो अस्पतालमा भाइ बुहारीले मृगौला दान गरेकी थिइन् । फेरी पनि ओलीलाई बचाउन २ जना आफन्त मृगौला दिन तयार भएका हुन् ।
भान्जी नेपालमै छिन् भने अर्का भान्जा अमेरिकामा नै छिन् । पुनः मृगौलाले काम गर्न छोडेपछि उनको अर्को मृगौला राख्ने तयार भएको हो ।
मृर्गौला दिन तयार भएकी भाञ्जी बिहीबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै पुगेकी थिइन् । मिर्गौला दिन तयार भएपछि ओली र दुवै नातेदारको रगतको क्रस म्याचसमेत गरिसकिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीले अमेरिकामा मृगौला प्रत्यारोपण गर्न चाहेमा भान्जीले दिनेछिन भने अमेरिकामा गर्न चाहेमा उतै भान्जाले मृगौला दिने बताइएको छ ।




प्रतिक्रिया