काठमाण्डु – एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले भत्काउने काममात्रै गरेको आरोप लगाएका छन् । बुधबार बुटवलमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अब घन्टाघर पनि भत्काउन लागेको भन्दै आपत्ति जनाएका हुन् ।
घण्टाघर भत्काए पनि बनाउन नसक्ने उनको भनाइ छ । ‘हामीले धरहरा बनायौँ । रानीपोखरी बनायौ,’ उनले भने, अब यिनीहरूले घण्टाघर भत्काएर नयाँ बनाउने रे । यिनीहरूले भत्काउलान् तर बनाउँदैनन् । यिनीहरूले भत्काए भने हामी आएर भव्य घन्टाघर बनाउँछौं । एमालेले बनाउँछ,’ उनले भने ।
त्यसैगरी अध्यक्ष ओलीले कोभिड महामारीका बेला स्वास्थ्य मन्त्रालयमा विभागीय मन्त्री नियुक्त गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । ‘खोप उत्पादक नभए पनि भारतपछि साउथ एसियामा हामीले खोप सुरु गर्यौ । करोडौं खोप ल्यायौं । अहिले यो सरकारलाई त्यो खोप बाँड्न हम्मेहम्मे परेको छ,’ उनले भने, ‘मन्त्री पनि छैन, डाइरेक्टर पनि हटाए । केही पनि नजान्ने मान्छे ल्याएर जागिर खुवाएर राखेकाे छ ।’




प्रतिक्रिया