वा लोकतन्त्र ! महिला कर्मचारीलाई बच्चा थाम्नै नसक्नेगरी दुर्गममा सारिदिएको छः एमाले अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी ओलीले आफूले ल्याएको विकासको योजना रोकेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् ।

श्वेतशार्दूल पुस्तक विमोचन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले आफूले अघि सारेका रणनीति सडकसमेत १४ सय सडक बजेटमा रोकेर सरकारले अशुभ संकेत देखाएको टिप्पणी गरे । ओली फुर्ति झार्छु भनेर एकैचोटि रोकिदिएको उनको गुनासो थियो ।

‘अलिकति दिउँसै ग्रहण लाग्यो भने ग्रहणतिर नहेर भन्छन् । अहिले देशमा ग्रहण लागेको छ । धेरै हेर्ने होइन । अशुभ छ । रणनीति सडकसमेत १४ सय सडक रोक्नु छ । बजेट आयोजना सबै खतम छ । क्या बात,’ उनले भने, ‘झ्याप्प दाहिने खुट्टाले ब्रेक ठोक्यो । ल बना बाटो, ओलीको फुर्ति झार्छु भनेर एकैचोटि शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकारले रोकिदियो ।’

सरकारले यता लाग्ने कि नलाग्ने भनेर कर्मचारीलाई धमक्याउने र दुःख दिने काम गरिरहेको ओलीको आरोप थियो । ‘म त पेसाकर्मी हुँ । कुनैमा लाग्न मिल्दैन भन्दा भोलिपल्ट देखाइदिने, पठाइदिने । न त्यहाँ न डेरा पाइन्छ । न सवारीसाधन,’ उनले भने, ‘कर्मचारीलाई अपायकमा सारिदिने, काखमा बच्चा भएको महिलालाई बच्चा थाम्नै नसक्नेगरी दुर्गममा सारिदिएको छ । वा लोकतन्त्र ।’

प्रतिक्रिया दिनुहोस
Advertisement